Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको मृत्यु

  • 302
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको मृत्यु

    पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुइँमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दु:ख व्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।

    ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दु:खद् घटनाको दुख व्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिस्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं ।’

    सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किएको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिस्पर्धा हुँदै आएको छ ।

    राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँगसम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ । सांकेतिक तस्बिर

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij