Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

नयाँ सरकारको दाबी गर्दै देउवा र प्रचण्ड शितल निवास जाँदै 

नयाँ सरकारको दाबी गर्दै देउवा र प्रचण्ड शितल निवास जाँदै 

  • 3.5K
    SHARES
  • नयाँ सरकारको दाबी गर्दै देउवा र प्रचण्ड शितल निवास जाँदै 

    काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रधानमन्त्री दाबी गर्नेमा सहमति जुटेको छ ।  ​

    images

    कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देउवा निवासमा भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो । 

    वैकल्पिक सरकार गठनको समयसीमा सकिन लाग्दा देउवा र प्रचण्डबीच नयाँ प्रधानमन्त्री दाबी गर्नेमा सहमति जुटेको हो । 

    नयाँ सरकारको दाबी गर्दै उनीहरु केहीबेरमा राष्ट्रपति कार्यालय शीतलनिवास जाने तय भएको छ ।  संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्म समय दिएकी छिन् ।

    जेष्ठता र पार्टीका सांसदको संख्याका आधारमा देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यद्यपि जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने उनीहरुलाई सरकार गठनका लागि साथ दिएका छैनन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology