वेबटिभी खबर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-६ कुखुरेपाखामा सोमबार जेसीबी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जेसीबी चालक रामेछापको दोरम्बा गाउँपालिका-२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।
कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij