Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मापदण्ड पालना नगर्ने तीन उद्योग सिल

मापदण्ड पालना नगर्ने तीन उद्योग सिल

  • 378
    SHARES
  • मापदण्ड पालना नगर्ने तीन उद्योग सिल

    सुर्खेत । उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो ।

    सुर्खेत कार्यालयले पटक-पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिएका छन् ।

    प्रमुख थापाका अनुसार जिल्लाको भेरीगंगा नगरपालिकामा दुई र गुर्भाकोट नगरपालिकामा एउटा उद्योग सिल गरिएको हो । उनले अनुगमनका क्रममा भेरीगंगामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरेको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाइएको बताए ।

    अनुगमनकै क्रममा गुर्भाकोटमा मापदण्ड विपरीतको सीता चाउमिन उद्योगको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ । ती उद्योगले कार्यालयले दिएको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij