Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

कोरोना अपडेटः एकैदिन २१४ ले गुमाए ज्यान, ८९६० संक्रमित

कोरोना अपडेटः एकैदिन २१४ ले गुमाए ज्यान, ८९६० संक्रमित

  • 195
    SHARES
  • कोरोना अपडेटः  एकैदिन २१४ ले गुमाए ज्यान, ८९६० संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भए भने संक्रमणका कारण २ सय १४ जनाले ज्यान गुमाएका छन् । 

    देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ छ । यस अवधिमा ४ सय ९७ जना क्वारेन्टिनमा छन् ।

    नेपालमा हालसम्म ४ लाख ३१ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरि ४ हजार ४ सय ६६ जनाले कोरोना संक्रमण कारण ज्यान गुमाएका छन् ।

    नेपालमा कोरोना निको हुने दर ७५.६ प्रतिशत छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology