वेबटिभी खबर
सुर्खेतको लेखवेशी नगरपालिका–९ मा ड्रागन फ्रुट खेती र त्यसको बीचमा फुलेको मखमली फूल ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुकी कृषक महिला बजारमा सयपत्री फूल बिक्रीका लागि पठाउन तयारी गर्दै ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुका कृषक महिला बजारमा बिक्रीका लागि पठाउन सयपत्री फूल टिप्दै ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ बिहिवारे क्षेत्रमा अवस्थित अलैँची बगानमा अलैँची टिप्दै किसान ।

शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसान पावरटिलरको सहायताले धान काट्दै । आधुनिक मेसिनको प्रयोग गरी धान काटने, चुटने कार्य हुन थालेपछि किसानको कार्यबोझ घटेको छ ।

भक्तपुर नगरपालिका व्यासी मिवाछेंको एभरेष्ट स्कुलमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी धानबाली भित्र्याउने अभ्यास गर्दै । विद्यार्थीलाई धान काट्ने, मुठा बनाउने, धान सफा गर्ने, पराल थुपार्नेलगायतका व्यवहारिक ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिइएको स्कुलले जनाएको छ ।

जुम्लाको तिला गाउँपालिका–४ का स्थानीय महिला रातो सिमी केलाउँदै ।

गत असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षाका कारण जुम्लाको तिला गाउँपालिका–४ मा आएको बाढीले पुरेको भण्डारधारा, लिडाला र सिमज्यूलामा दाउरा संकलन गर्दै स्थानीय ।
सबै तस्बिर एजेन्सी
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij