Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बाग्लुङ बजारमा खेलाडीको चहलपहल बढी

बाग्लुङ बजारमा खेलाडीको चहलपहल बढी

  • 301
    SHARES
  • बाग्लुङ बजारमा खेलाडीको चहलपहल बढी

    बाग्लुङ । बाग्लुङमा पहिलो पटक सरकारीस्तरको राष्ट्रिय प्रतियोगिता भएपछि बाग्लुङ बजारको चोक-चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बाग्लुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहलपहल बढी छ ।

    बाग्लुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रसमेतमा अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन् । बजारको बाङ्गेचौर खेल मैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ ।

    शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बाग्लुङ बजारलाई गुल्जार बनाएको छ । अहिले बाग्लुङ बजारको चोक-चोकमा आइटिएफका व्यानर छन् भने बाङ्गेचौर खेलमैदान झकिझकाउ बनेको छ ।

    आइटिएफको उर्भरभूमी बाग्लुङमा नवौं राष्ट्रिय खेल आयोजना भइरहँदा खेलाडी तथा बाग्लुङबासीमा उत्साह छाएको आइटिएफ तेक्वान्दोका सचिव राजु खड्काले बताए ।

    ‘बाग्लुङ बजार अहिले आइटिएफमय भएको छ, अहिले बाङ्गेचौरमा कुम्भ मेलानै लागेको छ, बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दोको उर्भर भूमि हो’, खड्काले भने ‘जिल्लाले नवौं राष्ट्रिय खेल गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा आइटिएफतर्फ धेरै पदक जितेको छ, अहिले बाग्लुङको पर्यटन पर्वद्धनसँगै व्यापार व्यवसायसमेत फष्टाएको छ ।’

    बाग्लुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित तेक्वान्दो कर्वडहल र बाङ्गेचौर खेलमैदानमा आयोजना गरेको आइटिएफ तेक्वान्दो प्रतियोगितामा दर्शकको आकर्षण बढ्दो छ ।

    दर्शकको माग पुरा गर्न प्रतियोगिताको स्थानीय आयोजक बाग्लुङ नगरपालिकाले कवर्ड हलमा दर्शक राख्न समस्या भएपछि केही खेल बाङ्गेचौर खेलमैदानमा आयोजना गरेकाले दर्शकको आकर्षण बढेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताइन् ।

    शनिबारदेखि दैनिकरूपमा आइटिएफ तेक्वान्दो खेल प्रतियोगिता हेर्नका लागि बाङ्गेचौर आउने गरेको खेल प्रेमी सन्तोष सिलवालले जानकारी दिए ।

    ‘खेल प्रेमीका लागि कुम्भमेला नै लागेको छ यहाँ, दैनिकरूपमा प्रतियोगिता हेर्न मसहित धेरै दर्शक आउने गरेका छन्, अहिले यो प्रतियोगिता बाग्लुङमा हुनुले बाग्लुङको प्रतिष्ठा बढेको छ’, दर्शक सिलवालले भने, ‘बाग्लुङले तीन सय ५० बढी खेलाडी र पाहुनालाई व्यवस्थापन गरी यहाँ राख्न सफल भएको छ, यहाँ राष्ट्रिय खेल हुँदा आटिएफका खेलाडी उत्साहित भएका छन् ।’

    तीन सय ५० भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गतेसम्म बाग्लुङमा रहने भएकाले बाग्लुङको व्यापार तथा पर्यटन व्यवसायमा सघाउ पुग्ने बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए ।

    मुख्यतया देशभरका आइटिएफ खेलाडीले बाग्लुङ चिन्ने र बाग्लुङको विभिन्न पर्यटकीयस्थलको भ्रमण गर्ने गरेका छन् । प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका दुईसय ५० खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

    नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टीमका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् ।

    बाग्लुङमा पहिलो पटक आयोजना हुनलागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण  ४५ रजत र ३० काश्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्प्रधा भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij