Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विकासलाई भारोत्तोलनमा नयाँ कीर्तिमानसहित स्वर्ण पदक

विकासलाई भारोत्तोलनमा नयाँ कीर्तिमानसहित स्वर्ण पदक

  • 347
    SHARES
  • विकासलाई भारोत्तोलनमा नयाँ कीर्तिमानसहित स्वर्ण पदक

    काठमाडौं । नेपाल पुलिस क्लबका खेलाडी विकास थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको पुरूष ८१ केजी तौलसमूहका क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

    कास्कीको पोखरास्थित उद्योग वाणिज्य संघको हलमा मंगलबार पहिलो पटक १३५ केजी उठाउन असफल रहेका विकासले दोस्रो पटक १३५ केजी नै उठाएका थिए ।

    तेस्रोपटकमा १३९ केजी उठाएका उनले कीर्तिमानसहित स्वर्ण पदक जिते । मधेस प्रदेशका राजगुरु यादवले रजत तथा सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य पदक जिते ।

    यसअघि मंगलबार नै भएको महिला ७१ केजी तौल समूहमा पनि पुलिसकै जुनुमाया छन्त्यालले कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij