Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ओली तेस्रोपटक प्रधानमन्त्री बन्दै

ओली तेस्रोपटक प्रधानमन्त्री बन्दै

  • 662
    SHARES
  • ओली तेस्रोपटक प्रधानमन्त्री बन्दै

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । ओली संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बन्न लागेका हुन् ।   

    images

    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेताकाे हैसियतले ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने र शुक्रबार शपथ लिने कार्यक्रम रहेको शितल निवास स्रोतले जनाएको छ । 

    राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी दलहरुले बहुमतकाे सरकार बनाउने दावी गर्न सकेनन् । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि बहुमत दाबी गर्न दलहरुलाई बिहीबार राति नौ बजेसम्मको समयसीमा दिएकी थिइन् । 

    सो समयसीमामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपालले दाबी गर्न नसक्ने स्पष्ट भइसकेकाे छ । 

    सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

    E1R3rWQVgAkeoK7.jpg

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology