वेबटिभी खबर
अफगानिस्तान । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) संगठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी सुरु गरेको कारबाहीको क्रममा ५ विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् ।
आतंककारी लुक्ने ठाउँमा आज बिहान आक्रमण गर्दा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका हुन् ।
सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोही बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ ।
गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स संगठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij