वेबटिभी खबर
युगान्डा । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।
यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् ।
उनले ट्वीट गरेर सो कुराको जानकारी दिए । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन् ।
मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो ।
यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्यांक अनुसार यहाँ ५८ जनामा इबोलाको संक्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फर्किएका थिए ।
गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको संक्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण घातक रहेको छ । यस संक्रमणबाट अफ्रिकी देशहरूमा हजारौँ मानिसको ज्यान लिइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij