Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दैलेखी युथ कप प्रतियोगिता सुरु

दैलेखी युथ कप प्रतियोगिता सुरु

  • 304
    SHARES
  • दैलेखी युथ कप प्रतियोगिता सुरु

    दैलेख । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।

    लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

    ४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । व्याटमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए ।

    फुटसलका खेलहरू स्थानीय खुला मञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

    फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्याटमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्रप्त गर्ने छन् ।

    प्रतियोगिताका लागि नारायण नगरपालिका-१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij