Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दक्षिण कोरियामा घटे कोरोना संक्रमित

दक्षिण कोरियामा घटे कोरोना संक्रमित

  • 336
    SHARES
  • दक्षिण कोरियामा घटे कोरोना संक्रमित

    दक्षिण कोरिया । दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मंगलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ संक्रमित देखिएका छन् ।

    हाल कोरोनाका कुल संक्रमितको संख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।

    कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मंगलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन संक्रमित भएका छन् ।

    गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत संख्या २४ हजार ८६ थियो । नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन् ।

    गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ ।

    यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको संख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ ।

    कुल मृत्युदर ०.११ प्रतिशत रहेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij