Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी

सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी

  • 503
    SHARES
  • सुस्ता बाढी र डुबानका समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी

    नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् ।

    उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका हुन् ।

    सुस्ता गाउँपालिकाअन्तर्गत रूपौलिया, बरूवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

    स्थानीय माया कोहारले विनोद चौधरीले उक्त समस्याकाे समाधान हुनेसमेत विश्वास व्यक्त गरिन् । कोहारले भनिन्, ‘उद्योगपति पनि हुनुहुन्छ । देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ ।’

    नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरलेसमेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए । उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुने विश्वास लिएकाे बताए ।

    उनले भने, ‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनिबाढी समस्या समाधान गर्छु भन्छन् । तर समाधान हुँदैन । अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं ।’

    प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बाढी र डुबानको समस्या समाधान गर्ने विषयमा आफू गम्भीर रहेको बताए । बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij