Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सांसदलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

सांसदलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

  • 522
    SHARES
  • सांसदलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।

    images

    संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाहरुलाई  आजदेखि खोप लगाउने जनाएको हो ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ ।

    पहिलो डोज कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धालाई भने दोश्रो डोज कहिलेदेखि लगाउने भन्ने अझै अन्योल छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology