Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

  • 637
    SHARES
  • दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

    बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ । 

    images

    विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न नेपाल प्रहरीको प्रयासमा सो सिलिण्डर सङ्कलन गरी अक्सिजन भरेर वितरण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका विभिन्न व्यापार-व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न वितरण केन्द्र र सहयोगी व्यक्तिबाट सङ्कलन गरिएको खाली सिलिण्डर भरी त्यसको पारदर्शी वितरण गर्ने अभियान अनुरुप बिहीबार धुलिखेलस्थित धुलिखेल अस्पताललाई ३० थान र बनेपास्थित शिर मेमोरियल अस्पताललाई १० थान हस्तान्तरण गरेको बताए । 

    उनका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनमा ६७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेको र पनौतीस्थित नवज्योति ग्यास प्रालिबाट उक्त खाली सिलिण्डरह भर्ने कार्यसमेत भइरहेको छ । 

    कार्यालयले करिब १०० वटा खाली सिलिण्डर सङ्कलन गरेर अक्सिजन भरी हस्तान्तरण गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology