वेबटिभी खबर
कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी १७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले १३७ स्वर्णसहित कूल ३६९ पदक हात पारेको हो ।
नवौं राष्ट्रिय खेलको दोस्रो स्थान एपीएफले सुरक्षित गरेको छ । एपीएफले ६२ स्वर्णसहित २१८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित १९३ पदक जित्दै तेस्रो स्थानमा छ ।
त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित ११९, बागमती २२ स्वर्णसहित १४२, प्रदेशनम्बर-१, १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी प्रदेश ७ स्वर्णसहित ६८, मधेस प्रदेश ५ स्वर्णसहित ३९ र कर्णालीले २ स्वर्णसहित १८ पदक हात पारेको छ ।
नवौं राष्ट्रिय खेलकुद आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेकाे प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij