वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल प्रधानमन्त्री देउवाले अवलोकन गरेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रधानमन्त्री देउवाले सोही क्रममा खेलकुदको अवलोन गरेका हुन् ।
पोखरालगायत गण्डकी प्रदेशका विभिन्न शहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए ।





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij