Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

नेपाली राजनीति सिद्धान्तहीनता, खुराफात र किनबेचमा पतनः डा.भट्टराई

नेपाली राजनीति सिद्धान्तहीनता, खुराफात र किनबेचमा पतनः डा.भट्टराई

  • 802
    SHARES
  • नेपाली राजनीति सिद्धान्तहीनता, खुराफात र  किनबेचमा पतनः डा.भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पुनः प्रधानमन्त्री बन्न सफल भएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनःआफ्नो चतुरता देखाएको बताएका छन् ।

    वैकल्पिक सरकार बनाउन विपक्षी दल चुक्नु विडम्बना भएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले ओलीको विकल्प खोज्नैपर्ने जिकिर पनि गरेका छन् ।

    ‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनःचतुर साबित भएका छन् ।’

    उनले अगाडि लेखेका छन्, ‘अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology