वेबटिभी खबर
सङ्खुवासभा जिल्लाको मकालुको आधार शिविरमा अवस्थित प्रसिद्ध दूध पोखरी । बरुण नदीको मुहान यो पोखरी पार गरेर मात्रै आरोहीहरु मकालु चढ्छन् । मकालु विश्वको पाचौँ अग्लो हिमाल हो ।
सिन्धुपाल्चोको बरुवामा थुन्चे व्यापार गर्न हिँडेका व्यापारी । एउटा थुन्चेको रु एक हजार ५०० सम्म लिने गरेको व्यापारी बताउँछन् ।

सुनसरीको रामधुनीस्थित कृषि तालिम केन्द्रमा शुक्रबार सानो हार्भेस्टर मेसिनबाट घान काटिँदै । आधुनिक प्रविधिले कृषिमा सहजता बढाएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६, बिहीबारेस्थित अलैँची बगानमा टिपेको अलैँची डोकोमा राखेर घरतर्फ ल्याउँदै किसान । ताप्लेजुङमा ४० केजी अलैँची रु २८ हजारमा खरिद बिक्री हुँदै आएको छ ।
दोस्राे मेलम्ची नगर मेयरकप ब्याडमिन्टन प्रतियोगितामा खेल खेल्दै खेलाडी । शुक्रबारबाट सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई शुक्रबार काठमाडाैंकाे खुसीबुँमा शुभ–दीपावली, नेपाल संवत् ११४३ नयाँ वर्ष तथा छठ पर्वको उपलक्ष्यमा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको शुभकामना कार्यक्रममा सम्बाेधन गर्दै ।
कैलालीकाे धनगढी उपमहानगरपालिका—४ को तुल्सीटोलमा गोरुबाट धान दाउँदै (धान र पराल छुट्याउँदै) किसान । पछिल्ला वर्षमा धान र पराल छुट्याउन थ्रेसरजस्ता कृषियन्त्रको प्रयोग बढ्दै गए पनि यी यन्त्रको व्यवस्था गर्न नसक्ने कतिपय किसान अझैँ पनि गोरुको सहायतामा कृषिकार्य गर्दै आएका छन् ।
पाल्पा रामपुर नगरपालिका–४ स्थित देवीस्थान लगाइएको सयपत्री फूल टिप्दै व्यावसायी दिलबहादुर थापा र सुकमाया थापा ।
झापाको गौरीगञ्जस्थित सशस्त्र प्रहरी बल बिओपीले विभिन्न समयमा बरामद गरेको पटकालाई शुक्रबार स्थानीयवासीको रोहवरमा नष्ट गर्दै ।
सबै तस्बिर रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij