वेबटिभी खबर
नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर ३१ जनाको ज्यान गएको छ । यहाँका सुरक्षा अधिकारीहरूले सो कुराको जानकारी दिएका छन् ।
ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।
नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरूले बोको हरामका लडाकुहरूमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरू ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार यहाँको उत्तर पूर्वी क्षेत्रहरूमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो ।
यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij