Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ

चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ

  • 601
    SHARES
  • चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ

    सिराहा । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै तराई मधेसका पण्डित (कुम्हाल) समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । सिरहासहित तराई मधेसका कुम्हाल समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।

    सिरहाको धनगढीमाई नगरपालिका-७ कसहाका ४० वर्षीय अर्जुन पण्डितलाई अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ । तराईका सांकृतिक पर्व छठ तथा दिपावली नजिकिँदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक भएकाले उनकाे परिवारका सबै सदस्य भाँडा तथा पूजा सामग्री बनाउन व्यस्त छन् ।

    छठ तथा दिपावली पर्वमा नै सबैभन्दा बढी माटाका भाडाहरू बिक्री हुने भएकाले अर्जुनका परिवार नै यतिखेर माटोका भाँडा बनाउनमा व्यस्त छन् ।

    उनले भने, ‘दसैँ सकिएसँगै म, कान्छो छोरा रामवृक्ष, बुवा वैजनाथ, छोरा, श्रीमती विहानदेखि बेलुकासम्म यसै काममा लागेको छाैँ । अहिले कमाई हुने भएकाले अरूकाम थाती राखेर यसमा लागेका हौँ । यही एक महिनाको अवधिमा सबै खर्च कटाएर १ लाख रूपैयाँसम्म बचत हुन्छ ।’

    वर्षभरीमा सबैभन्दा बढी अहिले नै माटोको सामाग्री बिक्री हुने भएकाले पनि उनीहरू बजारको मागअनुसार सामग्री निर्माणमा जुटेका हुन् । धनढीमाई नगरपालिका-७ कसहाकै ३१ वर्षिय रामदुलार पण्डितलाई पनि अहिले उतिकै चटारो लागेको छ ।

    उनी श्रीमती, आमासहित बिहानैदेखि माटो भिजाउने, मुछ्नेदेखि माटाका सामग्री बनाउन मै व्यत हुन्छन् । अहिले कै कमाइले वर्ष भरि पुग्ने भएकाले पनि यो समुदाय दिन रात नभनी काममा लाग्ने गरेको रामदुलारले बताए ।

    उनले भने, ‘अहिले नै रामो बिक्री हुने हो । अरूबेला त्यति धेरै बिक्री हुँदैन । यो काममा परिवारका साना देखि ठूला सदस्य सबैले काम गरिरहेका छन् । माटो ल्याउने, भिजाउने, माटाका सामाग्री बनाउनेदेखि त्यसलाई सुकाउने, पोल्ने सम्मको सबैले काम पाउँछन ।’

    प्लाष्टिकका भाँडाले माटाे भाँडा बिक्री हुन छाडेपनि चाडपर्व, विवाह तथा पूजामा माटाको भाडा प्रयाेग हुने उनकाे भनाइ छ । उनले गतवर्ष चाडपर्व मनाएर ५५ हजार रूपैयाँ बचत गरेको बताए ।

    पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अन्य समयमा भने माटाका भाँडा कम बिक्री हुने गरेकाे उनले बताए । प्लाटिकका सामाग्रीका कारण मेहनत अनुसारको मूल्य नपाउँदा आफ्नो पेसा नै धरापमा परेको उनीहरूको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # चाडपर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij