Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडको बराबरी

  • 330
    SHARES
  • इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडको बराबरी

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    स्टानफोर्ड ब्रिजमा ८६औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

    खेलपछि चेल्सी २० अंकसहित चौथो स्थानमा छ । १९ अंकसहित युनाइटेड पाँचौं स्थानमा छन् ।

    अर्को खेलमा स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij