Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गुण्डुमा तिहार अघिनै तीन करोडको फूल र माला बिक्री

गुण्डुमा तिहार अघिनै तीन करोडको फूल र माला बिक्री

  • 398
    SHARES
  • गुण्डुमा तिहार अघिनै तीन करोडको फूल र माला बिक्री

    काठमाडौं । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।

    यहाँका किसानले व्यावसायीकरूपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिकरूपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् ।

    वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए । गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् ।

    नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छिन् । किसानले माला प्रतिगोटा २५ देखि ३५ मा बिक्री गर्छन् ।

    अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजना राखेकी छिन् ।

    गुण्डुका किसानहरूले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । ‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ’, किसान मेनुका नगरकोटीले भनिन्।

    स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरू पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

    चाँगुनारायण नगरपालिका-९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुर्खैली पेशा अंगालेका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए ।

    गत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन् ।

    राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij