वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकामध्ये ९ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट ६ लाख २७ हजार २ ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग २ लाख ८४ हजार ७०० रूपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो ।
प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरि जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij