Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जुम्लामा विद्युत् सेवा अवरूद्ध

जुम्लामा विद्युत् सेवा अवरूद्ध

  • 379
    SHARES
  • जुम्लामा विद्युत् सेवा अवरूद्ध

    जुम्ला । जुम्लाको सदरमुकाम खलंगामा दुई सातादेखि विद्युत् सेवा अवरूद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरूद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

    बाढीपहिराले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ । दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन ।

    विद्युत् केन्द्रका प्रमुख रावलले भने, ‘खलंगामा दुई सातादेखि नेशनल ग्रीड अवरूद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलंगामा काम चलाउ वितरण भइरहेको छ । यही बिजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।’

    टोल र क्षेत्र क्लष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । स्थानीयस्तरमा उत्पादित विद्युत् कम क्षमताको छ । अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ ।

    यहाँका स्थानीयवासीलाई घरमा कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर बिजुली आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ ।

    सडक पनि अवरूद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ । प्राधिकरणका कर्मचारी विद्युत् मर्मतको काममा लागिपरेको वितरण केन्द्रले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij