Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

  • 420
    SHARES
  • सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

    म्याङ्लुङ/तेह्रथुम । तिहारलाई फूलैफूलको पर्वका रूपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्तित छन् ।

    समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन् ।

    हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छिन् । ‘यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ’, उनले भनिन्, ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ ।’

    तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेका कारण तेह्रथुममा तिहारका लागि प्लास्टिकका माला र फूलका गुच्छाहरू बिक्री भइरहेका छन् ।

    सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।

    प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ । तर जिल्लामा निर्वाधरूपमा प्लाष्टिकका फूल बिक्री भइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # तिहार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij