Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लागूऔषधबाट छोराछोरी जोगाउन चुनौती

लागूऔषधबाट छोराछोरी जोगाउन चुनौती

  • 366
    SHARES
  • लागूऔषधबाट छोराछोरी जोगाउन चुनौती

    काठमाडौं । लागूऔषध सेवन स्वास्थ्यका लागि हानिकारक र कानूनी रूपमा वर्जित छ । पछिल्लो समय लागूऔषधबाट आफ्नो छोराछोरीलाई कसरी बचाउने भनेर चिन्ता हुन थालेको जुम्लाका स्थानीय बताउँछन् ।

    करिब एक दर्शक अगाडी लागूऔषधिका विषयमा माथिल्लो कर्णाली जुम्ला, कालिकोट, मुगु जिल्लाका नागरिकले खासै जानकारी नै थिएन । उनीहरू स्थानीय स्तरमा पाइने चरसका (अत्तर, भाङ) विषयमा मात्रै जानकारी थिए ।

    तर २०६२ सालपछि सुर्खेत, कालिकोट, जुम्ला, मुगु र जाजरकोट हुँदै डोल्पा जिल्ला सडक सञ्जालमा जोडियो । त्यसबाट नेपालसँग जोडिएको भारतको नाका रूपैडियाबाट सवारी सधान मार्फत माथिल्लो कर्णालीमा लागूऔषध पुग्ने गरेको हो ।

    यसअघि हवाई जहाजबाट आएको सुन्तलाको काटुनमा जुम्लामा लागूऔषध पुगेको थियो । लागूऔषधि समाजमा झाँगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र नागरिकलाई निकै चुनौतीको विषय बन्दै गएको छ ।

    मंगलबार मात्रै कालिकोटको नाग्म हुँदै जुम्ला बजारतर्फ आउँदै गरेका २५ वर्षीय युवालाई ८ ग्राम ब्राउन सुगरसहित जिल्ला ट्राफिक कार्यालय जुम्ला नजिकै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    लागूऔषध नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै बिक्रीकर्ता र प्रयोगकर्ता पक्राउ गर्दै आए पनि न्यूनिकरण हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा लागूऔषधका दुई वटा मुद्दा चलेका छन् भने पाँचजनालाई पक्राउ गरेर कारबाही गरिएको छ ।

    त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७ वटा, २०७७/०७८ मा ५ वटा, २०७६/७८ मा ६ वटा र २०७५/७६ मा ५ वटा मुद्दा चलाएर कारबाही गरेको छ । यी घटनामा एक सयभन्दा बढी व्यक्तिहरूले कारबाही भोगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij