Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

धरानमा ३ दिनमा २ करोड रूपैयाँ बराबरका फूल र माला बिक्री

धरानमा ३ दिनमा २ करोड रूपैयाँ बराबरका फूल र माला बिक्री

  • 392
    SHARES
  • धरानमा ३ दिनमा २ करोड रूपैयाँ बराबरका फूल र माला बिक्री

    धरान । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा २ करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मंगलबार र बुधबार कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो ।

    खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।

    कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महंगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै संख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र १ करोडको कारोबार भएको उनकाे भनाइ छ । पन्ध्र दिनअघि नै भारतको कोलकत्ताबाट २ लाख तयारी माला ल्याइएकाे उनले बताए ।

    नेपाली फूलका करिब २ लाख माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतीय डेढ लाख माला ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत १०० रूपैयाँ परेको उनले बताए ।

    भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए । व्यवस्थापक भट्टराईले भने, ‘यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो । तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ ।’

    उनका अनुसार गतवर्ष १ करोड १५ लाखको फूलको कारोबार भएको थियो । अघिल्लाे वर्ष भारतीय फूल कम आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ ।

    भारतबाट पनि धेरै फूल भित्रिएको उनको भनाइ छ । आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री संख्या अझै बढ्ने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij