Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

  • 306
    SHARES
  • भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाअर्थात भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ । 

    भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजाआराधना एवम् दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजाआराधना गरेर टीका लगाउने गर्छन् ।

    रानीपोखरी क्षेत्रमा वि.सं. २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो । भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij