Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कांग्रेसले भन्यो– अब विद्यालय कर्मचारीको दरबन्दी कायम हुन्छ 

कांग्रेसले भन्यो– अब विद्यालय कर्मचारीको दरबन्दी कायम हुन्छ 

  • 1.8K
    SHARES
  • कांग्रेसले भन्यो– अब विद्यालय कर्मचारीको दरबन्दी कायम हुन्छ 

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय लेखापाल र विद्यालय सहयोगीको दरबन्दी कायम गर्ने बताएको छ ।

    images

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले आगामी ५ वर्षभित्र दरबन्दी कायम गर्ने बताएको हो ।

    कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसैगरी कांग्रेसले सिकाइ पद्धतिमा परिवर्तन गर्ने पनि बताएको छ । समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने लक्ष्य कांग्रेसको छ ।

    गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचनाप्रविधिको तीव्रतर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औं शताब्दीले आत्मसात गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमल परिवर्तन गर्ने कांग्रेसले उद्घोष गरेको छ ।

    वर्तमान पाठ्यक्रममा ४० प्रतिशत प्राविधिक र व्यावसायिक सीपलाई समावेश गर्दै कांग्रेसले बदलिँदो विश्व परिवेशमा आधुनिक प्रविधि (बिग डाटा, मेसिन लर्निङ तथा आर्टिफिसियल इन्टेलिजेन्स) जस्ता विषयमा प्रशिक्षण दिइने जनाएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology