Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विद्यालय कर्मचारीको उमेरहद यकिन गरी ५ वर्षभित्र पेन्सन दिन्छौं : कांग्रेस

विद्यालय कर्मचारीको उमेरहद यकिन गरी ५ वर्षभित्र पेन्सन दिन्छौं : कांग्रेस

  • 2.1K
    SHARES
  • विद्यालय कर्मचारीको उमेरहद यकिन गरी ५ वर्षभित्र पेन्सन दिन्छौं : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले आगामी ४ मंसिरम हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित घोषणापत्र शनिबार सार्वजनिक गरेको छ । कांग्रेसले ५ वर्षभित्र गर्ने कामहरूलाई घोषणापत्रमा समाविष्ट गरेको छ ।

    images

    कांग्रेसले लामो समयदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीको समस्या समाधान गर्ने बताएको छ । कांग्रेसले आफ्नो घोषणापत्रमा उमेरहद यकिन गरी पेन्सनको सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

    त्यसैगरी कांग्रेसले ८० प्रतिशत विद्यालयमा  इन्टरनेट सेवा पुर्‍याउने पनि बताएको छ । विद्यालयमा हाल २८ प्रतिशत इन्टरनेट सेवा पुगेकोमा आगामी ५ वर्षमा ८० प्रतिशत विद्यालयमा सेवा पुर्‍याइ प्रविधियुक्त सिकाईलाई महत्त्व दिइने कांग्रेसले घोषणापत्रमा भनेको छ ।

    कांग्रेसले कक्षा ११ मा भर्ना हुने दर कम्तिमा ५० प्रतिशत पुऱ्याउने र माध्यामिक तहको परीक्षा प्रणालीलाई एकीकृत गर्ने उद्घोष गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology