Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यालय कर्मचारीका यी समस्या ५ वर्षभित्र समाधान गर्ने कांग्रेसको उद्घोष

विद्यालय कर्मचारीका यी समस्या ५ वर्षभित्र समाधान गर्ने कांग्रेसको उद्घोष

  • 624
    SHARES
  • विद्यालय कर्मचारीका यी समस्या ५ वर्षभित्र समाधान गर्ने कांग्रेसको उद्घोष

    काठमाडौं । वर्तमान सरकारको नेतृत्व गरिरहेको सत्ता साझेदार दल नेपाली कांग्रेसले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको वर्षौदेखिको समस्या समाधान गर्ने बताएको छ ।

    images

    कांग्रेसले शनिबार पार्टी मुख्यालय सानेपाबाट आगामी ४ मंसिरम हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको समस्याको न्यायिक र दीर्घकालीन समाधान गर्ने बताएको हो ।

    अवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिबद्धता नाम दिएर कांग्रेसले घोषणापत्रमा भनेको छ,‘सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू वर्षौंदेखि दरबन्दी, सुविधा, उमेरहदको अनिश्चितता तथा उचित तलब र पेन्सनको सुविधाबाट वञ्चित रहेको समस्याको न्यायिक र दीर्घकालीन समाधान गर्ने छौं ।’

    कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको एजेन्डालगायतका माग राखेर विद्यालय कर्मचारीले डेढ महिना राजधानी काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । उनीहरूले उठाएका कुनै पनि माग अहिलेसम्म पूरा भएका छैनन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology