Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

राष्ट्रपतिले गरिन् सूर्यसहित छठी माताको पूजाआराधना [तस्बिरहरू]

राष्ट्रपतिले गरिन् सूर्यसहित छठी माताको पूजाआराधना [तस्बिरहरू]

  • 283
    SHARES
  • राष्ट्रपतिले गरिन् सूर्यसहित छठी माताको पूजाआराधना [तस्बिरहरू]

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजाआराधना एवम् अर्घ्यदान गरेकी छिन् ।

    rastrapati chatha (3).jpg

    देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजाआराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

    rastrapati chatha (5).jpg

    छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ ।

    यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र बाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।

    rastrapati chatha (6).jpg

    यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजाआराधना गरिन्छ ।

    गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगतमा करिब पाँच सय छठ घाट निर्माण गरिएकामा यस वर्ष छ सयभन्दा बढी बनाइएको छ । एउटा छठ घाट एक हजार पाँच सय शुल्क लिएर भक्तजनलाई दिइएको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

    rastrapati chatha (4).jpg

    आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

    rastrapati chatha (1).jpg

    छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजाआराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।

     

    rastrapati chatha (7).jpg

  • सम्बन्धित विषय:

  • # छठ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij