वेबटिभी खबर
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको र्यालीमा सहभागी एक महिला पत्रकारको आइतबार मृत्यु भएको छ । उनको कन्टेनरमुनि च्यापिएर मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
च्यानल ५ की पत्रकार सदफ नइमकाे मृत्यु भएकाे हाे । साे घटनापछि पाकिस्तान तेहरिक–ए–इन्साफ अध्यक्षसमेत रहेका खानले आफ्ना र्याली स्थगित गरेका छन् ।
‘दुर्घटनाको कारण हामीले आजको र्याली समाप्त गर्दैछौं,’ खानले भने । खानले मृतकका परिवारलाई समवेदना पठाउँदै मृत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij