Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र, तलब माग्दा कुटपिट

जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र, तलब माग्दा कुटपिट

  • 327
    SHARES
  • जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र, तलब माग्दा कुटपिट

    जुम्ला । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

    अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका–८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका–२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए ।

    साउदीको लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामको पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाको अर्को कम्पनीमा पठाएको थियो ।

    साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन् । उनले भने,‘त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्‍याे ।’

    कुटपीटपछि  तीन जनालाई प्रहरीको भ्यानमा राखेर  हिरासतमा लिन लागेको थियो । त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरू सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

    अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेको आरोप लगाएका छन् । बुढाथोकीले भने, ‘म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेको छ । घटना भएको ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।’

    जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए । उनले भने, ‘आफूसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेको छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।’

    उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन् । उनले भनिन्, ‘अहिले दुवै जनाले फोन उठाउँदैनन् । पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियो । अहिले सास्ती खेप्नुपरेको  छ ।’   

    उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij