Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन

  • 153
    SHARES
  • १९ कात्तिकमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन

    काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९–२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ ।

    images

    अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने भएका छन् । मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताए ।

    अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट पाँचजनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सयजना प्रतिनिधि सहभागी हुनेछन् ।

    अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology