वेबटिभी खबर
काठमाडौं । आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकाकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।
शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ ।
राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij