वेबटिभी खबर
काठमाडौं । आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ ।
महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij