वेबटिभी खबर
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरमा गरेको चुनावी सभामा भीम रावलबारे केही आक्रोशित अभिव्यक्ति दिए । ओली बोल्दै गर्दा भीम रावलको पक्षमा हल्ला हुन थालेपछि उनी आक्रोशित बनेका थिए ।
ओलीले २०४८ सालदेखि भीम रावलले अवसर पाएको, बुढो भइसकेको जस्ता अभिव्यक्ति दिएका थिए । भीम रावलले ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
आफू ६७ वर्षको रहेको उल्लेख गर्दै रावलले ७० वर्षीय ओली फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी योग्य भए ? भनेर प्रश्न गरेका छन् ।
उनले २०५१ मा मात्र आफू सांसद बनेको पनि स्पष्ट पारेका छन् । ओलीले २०४८ सालदेखि अवसर लिइराखेकाले उनले मात्र अवसर पाइराख्नु पर्ने कारण नरहेको भन्दै रावलले आक्रोश पोखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij