Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एकजना उम्मेदवारको वाचा– विद्यालय कर्मचारी र इसीडी शिक्षकका समस्या समाधान गर्छु

एकजना उम्मेदवारको वाचा– विद्यालय कर्मचारी र इसीडी शिक्षकका समस्या समाधान गर्छु

  • 1.5K
    SHARES
  • एकजना उम्मेदवारको वाचा– विद्यालय कर्मचारी र इसीडी शिक्षकका समस्या समाधान गर्छु

    काठमाडौं । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार विदुरकुमार खतिवडाले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूका लागि काम गर्ने भन्दै मत मागेका छन् ।

    images

    उनले केही दिनअघि चुनावी वाचा सार्वजनिक गर्दै विद्यालय कर्मचारी र इसीडी शिक्षकका बर्षौंदेखिका समस्या समाधान गर्ने बताएका हुन् । 

    उनले आफ्नो चुनावी घोषणापत्रमा लेखेका छन्, ‘बालविकास शिक्षक, राहत शिक्षक र उच्च माविका शिक्षकहरूका लागि संघीय शिक्षा ऐनमा दरबन्दीको व्यवस्था गरी नियुक्ति मितिदेखि सम्पूर्ण सेवाअवधि गणना गर्दै समायोजन व्यवस्थाका लागि पहल गर्नेछु ।’ 

    त्यसैगरी उनले विनादरबन्दी कार्यरत विद्यालय कर्मचारीहरूलाई संघीय शिक्षा ऐनमा दरबन्दीको व्यवस्था गरी हाल अनुदान खाने तथा नखाने सम्पूर्ण कर्मचारीको कार्य समयअवधि गणना हुने गरी समायोजन गर्न पहल गर्ने बताएका छन् ।

    उनले समाजलाई समुन्नत बनाउन सबैभन्दा पहिला शिक्षाको जग बलियो बनाउनु पर्ने पनि बताएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology