वेबटिभी खबर
काठमाडौं । वरुण हाइड्रोपावरको तीन लाख ५५ हजार ६० कित्ता शेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले १४ कात्तिकबाट सर्वसाधारण समूहको शेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । वरुण हाइड्रो पावरले ६ भदौदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद शेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरू वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij