Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

घनश्याम भुसालले सार्वजनिक गरे १६ बुँदे चुनावी प्रतिबद्धता

घनश्याम भुसालले सार्वजनिक गरे १६ बुँदे चुनावी प्रतिबद्धता

  • 310
    SHARES
  • घनश्याम भुसालले सार्वजनिक गरे १६ बुँदे चुनावी प्रतिबद्धता

    काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका नेता घनश्याम भुसालले १६ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सत्तारूढ गठबन्धनको सर्मथन पाएका भुसालले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरे ।

    रूपन्देही-१ बाट उम्मेदवारी दिएका भुसालसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धामा छन् । प्रतिबद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्य गर्ने भनिएको छ । 

    निर्माण सुरू भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । 

    युवाहरूलाई सीपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ ।  निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार भुसालले प्रतिबद्धता पत्रमा भनिएका र शुरू गरेका विकास योजना कार्यान्वयनमा प्रतिबद्ध हुने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij