वेबटिभी खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या एक सय २१ पुगेको छ ।
लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार संक्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष रहेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी संक्रमित भेटिएका छन् । ३० जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो ।
समूहका अध्यक्ष तामाङका अनुसार यो संख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामी जस्ता संघ संस्थाहरूको सम्पर्कमा आउन नचाहनेको संख्या अझै बढी रहेको अनुमान गरेका छौँ ।’
मिर्मिरेको तथ्यांकमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij