Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

  • 443
    SHARES
  • मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

    मुगु । मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन् । उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन् । 

    बाजुराको बुढिनन्दा नगरपालिका-१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन् । रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् । 

    उनका माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ । तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ ।

    माइती पक्षले घटनाको छानविन गर्न प्रहरीमा उजुरी दिएका छन् । खोजविनमा अग्रसरता देखाउन दवाव दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्ना पनि दिएका छन् । रमनाका श्रीमान प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij