Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रक्रिया पुर्‍याएर स्थायी गरियोस् : इसीडी शिक्षक 

प्रक्रिया पुर्‍याएर स्थायी गरियोस् : इसीडी शिक्षक 

  • 2.4K
    SHARES
  • प्रक्रिया पुर्‍याएर स्थायी गरियोस् : इसीडी शिक्षक 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी गर्न माग गरेका छन् ।

    images

    इसीडी शिक्षकहरूले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गर्दै आफूहरूका माग ओझेलमा पार्न खोजिएको बताउँदै आएका छन् ।

    एउटै छानामुनि समान रूपले काम गरेपनि राज्यले दिने असमान सेवा सुविधाको अन्त्य गर्नुपर्ने बताउँदै देशभरका इसीडी शिक्षकहरूले पारिश्रमिक न्यून भएको गुनासो गरेका छन् ।

    उनीहरू भन्छन्, ‘बालविकास शिक्षकको ड्युटी समय अरू शिक्षककै जति हुने तर पारिश्रमिक चाहिँ हाम्रो अत्यन्त कम हुने भएकोले कि त हामीलाई ४ घण्टा मात्रै ड्युटी तोकियोस् होइन भने प्रावि तह बराबरको समान तलब स्केल दिइयोस् ।’

    बालविकास सहजकर्ताहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नहुनेहरूको सन्दर्भमा विगतमा स्थापित नजिर अनुसार गोल्डेनह्याण्डसेकको व्यवस्था गर्न माग गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology