Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संसद्मा इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे कुरा हुन्छ, समाधान हुँदैन 

संसद्मा इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे कुरा हुन्छ, समाधान हुँदैन 

  • 1.7K
    SHARES
  • संसद्मा इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे कुरा हुन्छ, समाधान हुँदैन 

    काठमाडौं । मंसिर महिनामा नयाँ सरकार बन्दै छ । नयाँ सरकारले माग पूरा गर्नेमा आशावादी छन् विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ताहरू । 

    images

    ५ वर्षसम्म चलेको यस अघिको संसद् बैठमा पनि विद्यालय कर्मचारी र इसीडी शिक्षकका समस्याबारे सांसदहरूले सरकारको ध्यानाकर्षण नगराएका होइनन् । सरकारले सुनेनसुनै गर्‍यो । कहिले कस्युनिस्ट सरकार त कहिले वाम लोकतान्त्रिक सरकार बन्यो । समस्या समाधान भएन । सोही बीचमा विद्यालय कर्मचारीहरूले चरणबद्ध आन्दोलन नै गरे ।  

    विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूले सांसदहरूलाई बेलाबखत भेटघाट गरेर मागबारे ध्यानाकर्षण गराए पनि माग पूरा गर्न अर्थात् समस्या समाधान गर्न कोही पनि तत्पर देखिएनन् । 

    गगन थापा, अञ्जना विशंखे, विद्या भट्टराई, घनश्याम खतिवडा, कृष्णभक्त पोखरेल, पूर्वशिक्षामन्त्री गिरीराजामणि पोखरेललगायतले इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्याबारे निरन्तर आवाज उठाएका थिए ।

    नयाँ आउने सांसदहरूलाई विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूले समस्याबारे जानकारी गराउन जरुरी छ । सरकारलाई चौतर्फी दबाब दिन आवश्यक छ । घोषणापत्रमै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूलाई अझ् बढी दबाब दिए समस्या समाधान होला कि ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology