Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मौसम : पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन अनुरोध

मौसम : पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन अनुरोध

  • 298
    SHARES
  • मौसम : पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन अनुरोध

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

    महाशाखाका अनुसार आज हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागका एक-दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी  भूभागका एक-दुई स्थानमा हल्का वर्षा र  मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij