Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तेस्रो सातामा ‘महापुरूष’  

तेस्रो सातामा ‘महापुरूष’  

  • 327
    SHARES
  • तेस्रो सातामा ‘महापुरूष’  

    काठमाडौं । गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कटौतीबाहेक अन्य यथावत् छ । फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् ।

    images

    प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको व्यापार गरेको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ ।

    काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology