Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

भारतीय सेलिब्रिटी, जस्ले कसरत गरेकै बेला हृदयघातबाट ज्यान गुमाए

भारतीय सेलिब्रिटी, जस्ले कसरत गरेकै बेला हृदयघातबाट ज्यान गुमाए

  • 117
    SHARES
  • भारतीय सेलिब्रिटी, जस्ले कसरत गरेकै बेला हृदयघातबाट ज्यान गुमाए

    नयाँ दिल्ली । एक वर्षयता कसरत गरिरहेकै बेला हृदयघात भएर भारतका केही चर्चित सेलिब्रिटीले ज्यान गुमाएका छन् । जिम गरिरहेका बेला हृदयघात भएर निधन हुनुले सर्वसाधारणमा चिन्ता पनि थपिएको छ ।  

    images

    भारतीय मनोरञ्जन क्षेत्रमा ख्याती कमाएका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार जिममा कसरत गरिरहँदा हृदयघात भएर निधन भयो । उनी ४६ वर्षका मात्र थिए ।

    केहीअघि चर्चित कमेडियन राजु श्रीवास्तवको पनि जिममै वर्क आउट गरिरहेका बेला हृदयघात भएको थियो । करिब ४० दिन अस्पतालमा उपचार गरे पनि श्रीवास्तव निको हुन सकेनन् । हृदयघातपछि कोमामा गएका ५८ वर्षीय श्रीवास्तवको काेमाकै अवस्थामा मृत्यु भयो ।

    त्यसैगरी सलमान खानका बडिगार्ड ५० वर्षीय सागर पाण्डेको पनि ह्दयाघातबाट मृत्यु भयो । उनी पनि जिममा वर्क आउट गरिरहेका बेला अचानक बेहोस भएका थिए । 

    दक्षिण भारतीय फिल्मका नायक पुनीत राजकुमारलाई पनि जिममा वर्क आउटपछि अचानक बेहोस भएर निधन भएको थियो । उनी पनि ४६ वर्षका थिए । 

    कसौटी जिन्दगी की अभिनेता सिद्धान्तको निधन कसौटी जिन्दगी की अभिनेता सिद्धान्तको निधन

    रहेनन् बलिउडका स्टार कमेडियन राजु श्रीवास्तव रहेनन् बलिउडका स्टार कमेडियन राजु श्रीवास्तव

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology